सुनसरी ।
सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् ।
अस्थाई प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले उनीहरुको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद ३६ हजार ५०० रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।