झापा । 

झापा भद्रपुर नगरपालिका –९ का ६० बर्षीय रामबहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजे मेचिनगर नगरपालिका –१४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीको  प्रहरी टोलीले घटनाको बिषयमा कानुनी प्रकृया तथा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।