भद्रपुर । 

झापाको हल्दिबारीको प्रभात बहुउद्देश्यीय सहकारी संस्थाले बिहीबार एकदिने तोरी ब्लक बिकास अगुवा कृषक तालिम सञ्चालन गरेको छ। संस्थाको आयोजना तथा कृषि ज्ञान केन्द्र झापाको सहजि करणमा हल्दिबारी ४ बडाबारीमा तालिम प्रदान गरिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ब्लक बिकास कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र झापाले हल्दिबारी गाउँपालिकालाई तोरी ब्लकका लागि छनोट गरेको थियो। तोरी उत्पादन सम्बन्धी तथा प्रबिधीको बारे जानकारी दिने उद्वेश्यले अगुवा कृषकहरूलाई समेटेर तालिम कार्यक्रम प्रदान  गरिएको हो । 

 संस्थाका अध्यक्ष देवीप्रसाद ओलीको अध्यक्षतामा भएको तालिमको  प्रशिक्षक कृषि ज्ञान केन्द्र झापाका कृषि प्रशारण अधिकृत गणेशप्रसाद शिवाकोटीले सहजीकरण गरेका थिए ।

सहकारी संस्थाको कृषि उपसमिति संयोजक कृष्णबहादुर अधिकारी, सदस्य शैलेन्द्र सिटौला र मञ्जु दाहालको समेत उपस्थििति रहेको थियो । तालिममा हल्दिबारीका ३३ जना अगुवा कृषकको सहभागीता थियो । उक्त कार्यक्रम भोली अन्य बाँकी कृषकका लागि पुनः सञ्चालन गरिने  संस्थाका अध्यक्ष ओलीले बताए।