सुनसरी । 

सुनसरी धरान उमनपा ५ देउरालीका २४ को अनम राईलाई नियन्त्रित औषधीसहित प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट देउरालीको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याव्लेट बरामद गरेको हो ।

पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।