बिर्तामोड ।
झापाको हल्दिबारी गाउँपालिका भित्रका लक्षित समुहलाई कोरोना विरुद्धको एस्टजेनिका खोपको दोश्रो मात्रा भोली (बिहिबार) देखि लगाउन सुरु गरिने भएको छ ।
एस्टजेनिकाको पहिलो मात्रा लगाएका लक्षित बर्गलाई र भेरोसेलको दोश्रो मात्रा लगाउन छुटेकाका लागि भोली बिहान १०ः३० देखि हल्दिबारीका विभिन्न स्थान तोकी उक्त स्थानमा उपस्थितिका लागि आग्रह गरिएको छ ।
हल्दिबारी १ का लागि गोलधाप स्वास्थ्य चौकीमा र हल्दिबारी २ को हल्दिबारी स्वास्थ चौकीमा ९, १० र १२ गते ,हल्दिबारी ३ को आधारभूत स्वास्थ्य केन्द्र ढडुवा चोक र वडा नं. ५ को आधारभूत स्वास्थ्य केन्द्र कन्चनश्रीमा मंसिर ९ गते त्यस्तै वडा नं. ४ को जलथल स्वास्थ्य चौकीमा १० र १२ गते खोप कार्यक्रम सञ्चालन गरिने जलथल स्वास्थ्य चौकी प्रमुख रामप्रसाद ढकालले जानकारी दिएका छन्।
स्वास्थ्य शाखाले एस्टजेनिकाको पहिलो मात्रा लगाएका सबैलाई खोपको दोश्रो मात्रा लगाउन आउँदा पहिलो खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा ल्याउन र माक्स अनिवार्य गरेको साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न समेत आव्हान गरेको छ ।