उदयपुर ।
उदयपुर बेलका नगरपालिका –५ जहडा मदन भण्डारी लोक मार्गमा मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० बर्षीया ईच्छाकुमारी राई रहेकी छिन् ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३४ प २०३७ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी राईको धरान घोपामा उपचारको क्रममा हिजो राती साढे ९ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट मोटरसाईकल चालक सप्तरी सप्तकोशी नगरपालिका १ का ३५ बर्षीय आलोक राई समेत घाईते भएका छन् ।
उनको सोही अस्पतालमै उपचार भईरहेको छ । मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।