सुनसरी ।
सुनसरीको दुई स्थानबाट गाडीसहित ५६ बोरा भारतिय चिनी प्रहरीले बरामद गरेको छ । गत मंसिर १ गते ईनरुवा नगरपालिका –९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपालतर्फ भन्सार छलि प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामदसहित सामान धनीलाई पक्राउ गरेको हो ।
यसै गरी गढी गाउपालिका –४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार मानिसहरुले वरामद २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखेर मोटरसाईकल र सामान छोडी भागेका थिए ।
बरामद गरिएको ५६ बोरा चिनी, सुर्तीसहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनिसहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।