ताप्लेजुङ ।
ताप्लेजुङको फङलिङ नगरपालिका ण्८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङतर्फ आउदै गरेको वानटेस ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी ३० मिटर तल झरेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका –९ मधुमल्लाका २७ बर्षीय पुष्प बिक रहेका छन् । दुर्घटनाबाट गम्भिर घाईते भएका बिकको उपचारको लागि बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।