बिराटनगर ।
बैकिङ कसुर मुद्धाका सम्मानित उच्च अदालत बिराटनगरको २०७८÷०१÷१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तिकोएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१६ का ५२ बर्षीय मदन राई रहेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनि हालसम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समुह बिराटनगर टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।