झापा  । 

नेत्र विक्रम चन्दको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान  गरेको नेपाल बन्दका क्रममा झापामा ८ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ७ जनालाई बुधवारे र एकजनालाई इटाभट्टाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । 

पक्राउ परेका ८ जनालाई बुधबारे इलाका प्रहरी कार्यालय राखिएको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । सो समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिने भन्दै बन्द आह्वानको गरेको जनाइएको छ । 

झापामा अहिले यातायातका सवारी साधन समान्य रूपमा चलिरहेका र जनजीवन सामान्य नै रहेको एसपी भट्टराईले जानकारी दिए । झापामा भाडाका ठूला सवारी साधन ठप्प भएपनि निजी र सरकारी सवारी साधान भने सञ्चालनमा रहेको पाइएको छ ।