इलाम । 

इलाम सन्दकपुर गाउपालिका –१ चाँपगैरीका ३० बर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।

काका मानबहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरी सामान्य बिबाद हुँदा उनले दाजु ३५ बर्षीय ईच्छा मुखियालाई चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेको  प्रहरी टोलीले  गई चक्कुसहित चक्र मुखियालाई पक्राउ गरेको छ ।

घटनाका विषयमा  जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।