मोरङ । 

मोरङको बेलबारी नगरपालिका –५ कसेनीमा ट्याक्टर पल्टदा सवार २ जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली  नगरपालिका –१ का २२ बर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् ।

को २ त. ८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र चालक रंगेली नगरपालिका–१ का २७ बर्षीय आईति सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् । घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।