बिर्तामोड । 

जिल्ला बचत तथा ऋण सहकारी संघले झापाले सहकारी सञ्चालन सम्बन्धि एकदिने तालिम सम्पन्न गरेको छ ।  संघले सोमबार बिर्तामोडमा सहकारी सञ्चालकको भुमिका र क्षमता विकास सम्बन्धि तालिम आयोजना गरेको हो । 

संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का रजिष्टार बलराम निरौलाको प्रमुख आतिथ्य रहेको थियो । 

एकसय १० जना सहभागी रहेको तालिममा रजिस्टार निरौला र नेफस्कुनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले सहजिकरण गरेका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष, ब्यवस्थापक, सञ्चालक, कर्मचारीको सहभागिता रहेको थियो । 

संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश संघका अध्यक्ष न्यौपानेले पारेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा रजिष्टार निरौला, नेफ्सुनका सञ्चालक घनश्याम अधिकारी त्यस्तै सहभागीका तर्फबाट संजिवनी साकोस स्वास्थ्य उप समितिका सदस्य लक्ष्मीप्रसाद दंगाल र प्रेमकुमारी रिजाललगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव यामकुमार चुडालले गरेका थिए ।