ओखलढुङगा । 

ओखलढुङगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।

आज बिहान साँढे ७ बजेको समयमा ओखलढुङगाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश ३–०१–०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर  र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका मध्ये ४ जनालाई  मुस्ताङको एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भईरहेको र अन्य घाईतेहरुलाई मिशन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटना बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।