धनकुटा । 

झापाको बिर्तामोडमा रहेको बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले धनकुटाको वेलहारा –५ स्थित देउराली माध्यमिक विद्यालयलाई टेलिभिजन प्रदान गरेका छन् । 

प्रसाईले विद्यालयका शिशु कक्षाका बालबालिकालाई शिक्षण सिकाईमा सहयोग पुग्ने भन्दै टेलिभिजन प्रदान गरेको अस्पतालका जन सम्पर्क प्रमुख प्रोमिश गिरीले जानकारी दिए । 

शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने भन्दै प्रसाईले यसअघि पनि विभिन्न विद्यालयमा सहयोग गर्दै आएका छन् । 

 प्रसाईले फेरिपनि सो विद्यालयलाई भौतिक पूर्वाधारमा सहयोग गर्ने प्रतिवद्दता समेत जनाएको बताइएको छ ।  सोमबारको उक्त कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागीता जनाउने बताइएको छ ।