- सुदिप गिरी
हल्दिबारी ।
हल्दिबारी गाउँपालिका भित्रका लक्षित समुहका लागि भोली (सोमबार) देखि कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाउन सुरु गरिने भएको छ ।
भेरोसिलको पहिलो मात्रा लगाएका लक्षित बर्गलाई भोली बिहान १०ः३० देखि हल्दिबारीका विभिन्न स्थान तोकी उक्त स्थानमा उपस्थितिका लागि आग्रह गरिएको छ ।
हल्दिबारी १ को गोलधाप स्वास्थ्य चौकी, हल्दिबारी २ को हल्दिबारी स्वास्थ चौकी, हल्दिबारी ३ को आधारभूत स्वास्थ्य केन्द्र ढडुवा चोक र वडा नं. ५ को आधारभूत स्वास्थ्य केन्द्र कन्चनश्री बजारबाट शुरू गरिने भएको हो । त्यस्तै वडा नं. ४ को जलथल स्वास्थ्य चौकीमा ३० गते देखि मात्र शुरू गरिने स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखाले भेरोसिलका पहिलो मात्रा लगाएका सबैलाई खोपको दोश्रो मात्रा लगाउन आउँदा पहिलो खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा ल्याउन र माक्स अनिवार्य गरेको साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न समेत आव्हान गरेको छ ।