झापा । 

झापा अर्जुनधारा नगरपालिका –११ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका– ६ का ३४ बर्षीय सुबास खवास रहेका छन् ।

  अस्थाई प्रहरी पोष्ट बसपार्कको  प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलि ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।