झापा ।
झापा मेचीनगर नगरपालिका द्द६ स्थित मेचीपुलबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –६ का २२ बर्षीय प्रदिप बस्नेत रहेका छन् । शनिबार दिउसो साढे १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतको ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।