धनकुटा ।
धनकुटा पाख्रिबास नगरपालिका –८ लुम्बुवा टोलस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाख्रिबास नगरपालिका –७ थाक्ले बस्ने २१ बर्षीय टंकबहादुर तामाङ रहेका छन् । शनिवार दुई बजे पाख्रिबासबाट घामेतर्फ जादै गरेको को २ त १०४३ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाकटरको ईन्जिनको भागले च्यापेर चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।