बिर्तामोड ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले मंसीर २२ र २३ गते काठमाडौमा हुन लागेको निर्वाचनका लागि अध्यक्ष पदमा ध्रुब थापाको प्यानलले उम्मेद्वारी घोषणा गरेको छ ।
बिर्तामोडमा शनिवार उक्त प्यानलले निर्वाचन सम्बन्धि अन्र्तक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरी उम्मेद्वारी घोषणा गरेको हो ।
प्यानलको अध्यक्ष पदमा थापा र सदस्यमा आकाश गोल्छा, दिपेन्द्र कुँवर, कपिल शिवाकोटी, निराकर श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रतिमान श्रेष्ठ, प्रकाश सिग्देल, रिद्धी कार्की, सुभास थपलिया, संजय खेतन, अमर रञ्जित, नवराज भूसाल, सगुन कङ्साकार र विएन पाठकले उम्मेद्वारी घोषणा गरेका छन् । १७ सदस्य कार्य समिति रहने उक्त समितिमा २ जना सदस्य पछि थप गरिने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेद्वार थापाले प्रदेश स्तरमा निर्माण भएका प्रदेशिक संरचनालाई अधिकार सम्पन्न बनाउने, व्यवसायीमैत्री बातावरण निर्माण गर्न आवश्यक पहल गर्ने, नीतिगत लबिङ्ग गर्न छुट्टेै समितिको स्थापना गर्नेलगायतका प्रतिवद्धता ब्यक्त गरेका छन् ।
मेची अटो डिलर्स एशोसिएसनको संरक्षक बिनोद बस्नेतलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमलाई सञ्चालन कपिल शिवाकोटीले गरेका थिए ।