मेचीनगर ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मेचीनगर कमिटीले आजबाट सुरु हुने राष्ट्रिय जनगणना कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेको छ ।
पार्टीका नगर कमिटी अध्यक्ष अर्जुन पौडेल र सचिव हरि तिम्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनगणनामा सहभागी भई आफ्नो र परिवारका आवश्यक सम्पूर्ण सूचना गणकहरुलाई उपलब्ध गराएर सहयोग गरिदिन आह्वान गरिएको छ ।
प्रत्येक १०/१० वर्षमा नेपालमा राष्ट्रिय जनगणना हुँदै आएको छ । जस अन्तर्गत आजबाट १२ औं शृंखलाको गणना देशैभर सुरु गरिँदैछ । परिवारको सामाजिक, आर्थिकलगायत विविध विषयमा घर–घरमा आउने गणकहरुले तथ्यांक संकलन गर्दैछन् । सो पार्टीले जनगणना कार्यमा खटिएर आउने कर्मचारीहरुलाई आवश्यक सहयोग गर्न कार्यकर्तालाई आग्रह पनि गरेको छ ।