मोरङ ।
मोरङको उर्लाबारी नगरपालिका –३ मंगलबारे धिमाल टोलबाट एक जनालाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सबिन लिम्बु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ४३० मिलीग्राम र नगद रु ५० हजार ४ सय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।