- केशब चापागाईं
झापा ।
जोरमाई युवा क्लब झापा गाउँपालिका–२ सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा आज मंगलबार सेमीफाइनल चरणका दुई खेल सम्पन्न भएका छन्।
स्थानीय सडकबारीको खेल मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा अल इन वान सैनीकमोडले ३–१ को गोलान्तरले कनकाईको फुटबल टिम माथि जीत हासिल गरेको छ। योसँगै सैनीकमोड अन्तिम दुई स्थानमा सुरक्षित बनेको छ। खेलको सुरुवातमै आक्रामक बनेको सैनीकका तर्फबाट खेलको दशौं मिनेटमै राजकुमार कदङ्वाले एक गोल गरेर खाता खोलेका थिए।
सैनिकको एक गोलसँगै आक्रमक बनेको कनकाईलाई चौधौं मिनेटमा रोहित कार्कीले बराबरी गोल गरि राहत दिएका थिए। रोचक बनेको पहिलो हाफको २४ मिनेटमै पुनः दिवस सुब्बाले एक गोल थपेर सैनीकलाई अग्रता दिलाए। कनकाई डिफेन्सलाई अगाडि पारेर गोल रक्षक सामु फ्री गोल पाएका दिवस सुब्बाले पुनः अर्को गोल थपे। दोस्रो हाफमा भने दुबै टिमबाट कुनै गोल हुन सकेन।यस खेलमा कनकाईका आशिष लावती म्यान अफदी म्याच घोषित भए।
त्यस्तै आजै भएको सेमीफाइनल चरणको दोस्रो खेलमा द हन्टर गौरीगञ्जलाई ३–२ को गोलान्तरले जलथल फुटबल क्लबले जीते सँगै जलथल अन्तिम दुईमा सुरक्षित भएको छ।
खेलको सुरुवात देखिनै आक्रामक बनेको जलथलका तर्फबाट १२ औं कर्ण लिम्बूले एक गोल गरे सँगै १४ र २३ औँ मिनेटमा पुनः संजोग लिम्बू र रोहित भुजेलले १÷१ गोल थपेका थिए। यता खेलमा ३ गोलको लगातार टार्गेट पाएको गौरीगञ्ज दोस्रो हफमा भने आक्रामक देखिएको थियो।गौरीगञ्जका तर्फबाट सविन राई र नवीन श्रेष्ठले १÷१ गोल थपे पनि हार भने टाल्न सकेनन। यस खेलमा जलथलका रोहन भुजेल म्यान अफदी म्याच घोषित भए।
भोलि बुधबार फाइनल खेल जलथल र सैनिक मोडका बिच हुने आयोजकले जनाएको छ।