सुनसरी । 

सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तरबाट दक्षीणतर्फ आउँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशातर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिदा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको थियो । 

अनियन्त्रीत भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका–७ की १६ बर्षीया बर्षा साह र उनिसँगै रहेकी २ बर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो । त्यस्तै घाईतेलाई थप उपचारको लागि बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।