ओखलढुङ्गा । 

ओखलढुङगा मोलुङ गाउँपालिका –७  पात्ले खानिचौरका २२ बर्षीय  निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ ।

घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घाँस काट्न चढेको उनको रुखबाट लडेर  घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।