सुनसरी । 

सुनसरी कोशी गाउँपालिका –८ भण्टाबारी चोकस्थित पुर्व–पश्चिम राजमार्गमा  बसको ठक्करबाट घाईते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका ३० बर्षीय अल्ताप मिया र पछाडि सवार ३० बर्षीय गियासुदिन मिया रहेका छन् । उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा  मृत्यु भएको थियो ।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको प्र१–०१–००१ ख ३५३० नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको  प्र.२–०१–००१ प ०७६३ मोटरसाईकललाई ठक्कर दिई दुर्घटना भएको थियो । बस र बस चालक झापा कनकाई नगरपालिका –३ सुरुङ्गाका ५५ बर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन्। घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।