संखुवासभा ।
संखुवासभाको सभापोखरी गाउँपालिका –६ पात्ले दहस्थित सभाखोलाले बगाएका दुई बालक मध्ये एक जना मृत अवस्थामा फेला परेका छन् भने अर्का बालक अझै बेपता रहेका छन् ।
मृत्यु हुनेमा सोही स्थानका भक्तबहादुर बिकका ९ बर्षीय छोरा बिपन बिक रहेका छन् । साथै उनकै घरमा पाहुना आएका सभापोखरी गाउँपालिका –१ का रहि बहादुर बिकको ८ बर्षीय छोरा रैतिन बिक बेपत्ता भएका छन् ।
शनिबार उनीहरु नुहाउने क्रममा खोलाले बगाएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी टोली गएर खोजतलास बिपनलाई बगाएको स्थानबाट अन्दाजी ५०० मिटर तल मृत अबस्थामा फेला परेका थिए भने अर्का बालक रैतिनको खोज जारी रहेको प्रहरीले जनाएको छ ।