मोरङ । 

मोरङको बेलबारी नगरपालिका –९ का ७२ बर्षीय हर्कबहादुर राईको लडेर मृत्यु भएको छ । शनिबार सोही स्थान डाँगाबजार चौकमा रहेको काठको फलैचाबाट लडेर घटनास्थलमै उनको मृत्यु भएको हो ।

उनलाई प्रेसरको बिरामी भएको आफन्तबाट बुझिएको छ । घटनाको समबन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।