मोरङ । 

मोरङ बिराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका –२ का १९ बर्षीय बिषेश मगर रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, डाईजापाम १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेरागन १५ एम्पुलसहित  पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।