मोरङ ।
मोरङको उर्लाबारी नगरापालिका –४ आईतबारे चोकस्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय नगेन्द्रप्रसाद ढुङ्गाना रहेका छन् । बिहीबार पुर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ७८२८ नम्बरको यात्रु बाहक बसले विपरित दिशाबाटआउदै गरेको प्रदेश १–०२–०४१ प ४४०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने बस र बस चालक उर्लाबारी नगरपालिका –२ का ३७ बर्षीय रुद्र थापा ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।