बिर्तामोड ।

 झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको कार्यालय सरेको छ । शुभ दिपावलीको लक्ष्मीपूजाको अवसर पारेर विहीबार कार्यालय सारेको संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीले जानकारी दिए । 

शनिश्चरे ट्याक्सी स्टेण्ड पूर्व त्रिवेणी टोलमा रहेको कार्यालय सदस्यको सेवा सुविधालाई ध्यानमा राखेर शनिश्चरे रोडस्थित रास्ता हाउस पूर्वपट्टि त्रिशुल फर्मा रहेको घरको माथिल्लो तलामा सारिएको हो । संस्थाको नयाँ कार्यालयमा बास्तु व्यवस्थापन  गर्दै औपचारिक रुपमा संस्थाको कार्यालय उद्घाटन गरिएको हो । 

उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष भगवती आचार्य, सचिव जीवन खड्का, सञ्चालक युवराज डाँगी, देवप्रसाद राजबंशी, जनबहादुर जवेगु (जेबी), सल्लाहकार जयप्रसाद भट्टराई, पूर्व सञ्चालक विष्णु उप्रेती, सुरेश आलेमगर, कर्मचारी ठाकुर पोखरेल, ममता लिम्बु, अनिष लिम्बु, सुनिता भट्टराईलगायतको उपस्थिति रहेको थियो ।