• गोभिन ल्वागुन 

शिबसताक्षी । 

 झापाको शिबसताक्षी ७ फक्तेपमा मंसिर ११ गतेबाट प्रथम एनी फाक्तेप गोल्डकप २०७८ संचालन हुने भएको छ ।फक्तेप फुटबल क्लबले  फक्तेपमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

फुटबलको उरभरभुमी रहेको फाक्तेपमा पहिलो पटक ठुलो धनराशीको प्रतियोगिता आयोजना हुन गइ रहेकोले सबै खेलप्रेमी हरु उत्साहित भएका छन । बिगतमा साना प्रतियोगिताहरु धेरै भएको भए पनि गोल्डकप भने पहिलो पटक हुन लागेको हो ।

गोल्डकप संचालनलाई सहयोग गर्न अर्थिक संकलन लाई तिब्र रुपमा काम गरिरहेको र बिभिन्न संघ संस्था, ब्याबसायीहरुसँग सम्मन्वय गरिरहेको आर्थिक सहसंयोजक अनिल संबाहाम्फेले  पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा झापाका ४ टिम र अन्य मोरङ, सुनसरी, इलाम र सिन्धुलीका १÷१ टिमको सहभागिता रहने छ । 

जसमा झापाका जलथल फुटबल क्लब, काँकाडभिटा फुटबल क्लब, रोयल स्पोटिङ क्लब दमक, आयोजक फाक्तेप फुटबल क्लब रहेका छन् । त्यस्ते  पथरी स्पोटीङ क्लब मोरङ ,धरान फुटबल क्लब सुनसरी, इलमक फुृटबल क्लब इलाम र दुधौली फुटबल क्लब सिन्धुलीको सहभागिता रहने खेल संयोजक सन्तोष थेगिमले बताए ।


गोल्डकपको बिजेता टिमले नगद १ लाख १ हजार मेडल ट्रफि र प्रमाणपत्र पाउने छ भने उपबिजेताले ५१ हजार नगदसहित मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने क्लबका सचिब सन्तोष शेर्माले जानकारी दिए । त्यसै गरि प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ठ हुने खेलाडीलाई पनि नगद सहित मेडल र ट्रफिले पुरस्कृत गरिने जनाइएको छ ।

मंसिर ११ गते देखि १८ गते सम्म संचालन हुने गोल्डकपको मुख्य प्रायोजक एनि क्लोथ ब्राण्डले गरेको छ भने गोल नेपाल डट कमले प्रतियोगिता अवधिबर प्रत्यक्ष प्रशारण गर्ने क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले बताएका छन् । करिब १८ लाख रुपैयाँको खर्च अनुमान गरिएको फक्तेप गोल्डकपलाई सब्य र भब्य रुपमा सफल बनाउन बिभिन्न संचार माध्यमबाट प्रचार प्रसार गरिरहेको समेत बताइएको छ ।