झापा ।

बिर्तामोड नगरपालिकाले राती ८ बजे पछि देउसी,भैलो नखेल्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले बुधबार सुचना जारी गर्दै रातीको समयमा देउसी, भैलो,सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रहरु नगर्न आग्रह गरेको हो ।

कोरोना महामारीको प्रकोप अझै बाँकी रहेकाकारण पनि भिडभाड हुने खालका कार्यक्रमहरु गर्नु उचित नरहेको जनाउँदै नगरपालिकाले सुचना जारी गरेको हो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले विहान दिउँसोको समयमा कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसी भैलो तथा नाचगान गर्न आग्रह गरेका छन् । नगरप्रमुख शिवाकोटीले नगरवासीहरुलाई शुभ दिपावली, नेपाल संवत तथा छैट पर्वको शुभकामना समेत व्यक्त गरेका छन् ।

सुरक्षा संवेदनशिलताकाकारण पनि रातीको समयमा देउसी भैलो लगायत मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्नु उचित देखिदैन ।