भोजपुर । 

जिल्ला प्रहरी कार्यालय भोजपुर मातहतमा रहेका प्रहरी चौकी प्याउलीको नयाँ कार्यालय भवनको उद्घाटन भएको छ । बुधबार  बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले भवनको उद्घाटन गरेका थिए । 

२ तले ८ कोठा भएको प्रहरी चौकी भवनको  १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा  निर्माण सम्पन्न भएको हो ।  कार्यालय भवन, ब्यारेक तथा भान्साघरको निर्माण सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि  प्रहरी नायव महानिरीक्षक बिसीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए ।