बिर्तामोड ।                                      

शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । आगामी असोज २२ गते १० वर्ष पुरा गरी ११ बर्षमा प्रबेश गरेको संस्थाले  कार्तिक १८ गते लक्ष्मी पुजाको दिन दिनकन अवसर पारेर संस्थाले आफ्नै भवन विर्तामोड ४ भद्रपुर रोडबाट सेवा प्रदान गर्ने बुधवार पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।  

४४ जना शेयर सदस्यको ४४ हजारबाट साविक गाविसहरु अर्जुनधारा, गरामनी, शनिश्चरे, चारपाने र अनारमनीसहित ५ वटा गाविसलाई  कार्यक्षेत्र बनाएर शुरु भएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी गराए । 

संस्थामा हाल ३५ जना कर्मचारी कार्यरत रहेका छन् । संस्थाले १७.२५ धुर जग्गामा साढे तीन तलासहितको घर २ करोड १८ लाख ४० हजार एक रुपैयाँमा खरिद गरी संस्थाको नाममा पास गरेको थियो ।  डिजिटल बैकिङ्ग कारोवारमा सदस्यहरुलाई शिक्षित गराई हालसम्म १ हजार ५ सयभन्दा बढीले शिखर एम बैक प्रयोग गरिरहेका अध्यक्ष राउतले बताए । ‘प्रविधिमा हामी एक  कदम अगाडी’  भन्ने  नारासहित संस्थाले प्रविधिलाई समयसापेक्ष अपडेट गर्दै आएको छ । 

झापाको माईपूर्व कार्यक्षेत्र रहेको संस्थाको असार मसान्तसम्मको तथ्याङ्घ अनुसार जम्मा ७ हजार ७ सय २० जना सदस्य छन् भने शेयर रकम ५ करोड १८ लाख ३५ हजार रुपैयाँ रहेको छ । कूल बचत ६५ करोड १५ लाख ९ हजार ७ सय ८७ रुपैयाँ संस्थाले ऋण लगानी ६२ करोड  ६३ लाख ४० हजार २ सय ८९ रुपैयाँ रहेको छ । संस्थाले खुद नाफा १ करोड ४२ लाख ३३ हजार १ सय ९ रुपैयाँ गरेको अध्यक्षले जानकारी दिए । 

संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत  संस्था स्थापना दिवस पारेर राजगढ सेवाकेन्द्रमा १ सय जना विपन्न परिवारका बालबालिकालाई दशैको लुगा वितरण गरेको थियो । सदस्यहरुलाई कोरोनाको समयमा संस्थाबाट रु १३ लाख ६७ हजार ४ सय ३३ रुपैयाँ व्याज छुट गरेको जनाइएको छ । त्यस्तै सदस्य तथा निजका परिवारलाई  अक्सिजन सिलिन्डर निशुल्क उपलव्ध गराइएको समेत बताइएको छ । 

 संस्थाले नेपालमै पहिलो  पटक सहकारीमा लकर सुविधा ल्याएको दाबी गरेको छ । संस्थाले बार्षिक ३ हजार धरौटीबापत पहिलो वर्ष सेवा प्रदान गर्ने र दोस्रो बर्षदेखि बार्षिक शुल्क लाग्ने गरी  लकर सेवा प्रदान गर्ने जानकारी गराइएको छ । 

संस्थाले सदस्यहरुको मृत्यु भएमा  ५० हजार,  परिवार मृत्यु राहत २५ हजार, सदस्य घातक रोगको उपचार राहत  २५ हजार र सदस्य परिवार राहत १० हजार सदस्यलाई उपलव्ध गराउँदै आएको जनाइएको छ ।  

संस्थाले राजगढ बजार, गरामनी बजार तथा मुक्तिचोक बिर्तामोडबाट सदस्यहरुलाई सेवा दिदै आएको छ । गरामनी सेवाकेन्द्र तथा बाह्रदशी गाउँपालिकामा धेरै संस्था भएता पनि शिखरले सदस्यहरुलाई उत्कृष्ट सेवा दिँदै आएको दाबी गरेको छ ।  आईएमइ, प्रभु ,सिटी एक्स्प्रेस, वेस्र्टन युनियन, संसरा रेमिट लगायतका रेमिट्न्स  सेवा संस्थाले प्रदान गर्दै आएको छ ।

‘प्रविधिमा हामी एक कदम अगाडी’ भन्ने नारासहित शिखरले संस्थालाई प्रविधिमैत्री बनाएको अध्यक्ष राउतले बताए । सदस्यहरुलाई मोवाईल बैकिङ्गमा प्रोत्साहन उदेश्यले कार्तिक १८ गते लक्ष्मी पुजाको दिनबाट बैक ट्रान्सफरमा लाग्ने शुल्क फ्रि गरिएको समेत जानकारी दिएको छ ।  शिखर एम बैकबाट प्रतिकारोवार १ लाख गर्न सकिने र दैनिक २ लाखसम्म मोवाईलबाट रकम बैक ट्रान्सफर गर्न सकिने जनाएको छ । संस्थाको डाटा सुरक्षित गर्न क्लाउड हिमालयसँग संझौता गरी डाटा सुरक्षा क्लाउडमा गरिएको समेत अध्यक्ष राउतले जानकारी दिए । संस्थाको ११ औ बार्षिक साधारणसभा आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म  हुने समेत जानकारी दिइएको छ ।