लक्ष्मीपुर ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले २५ औं साधारणसभा अन्र्तगत एकाई साधारणसभा गरेको छ । सेवा केन्द्रले कनकाई नगरपालिका –८ स्थित लक्ष्मीपरमा बुधबार एकाई साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्दशी गाउँपालिकाकी उपाध्यक्ष रत्नकुमारी राजवंशीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सेवा केन्द्र प्रमुख उमेश भारतीले पारेको कार्यक्रममा संस्थाको २५ औ बार्षिक साधारणसभाको प्रतिवेदन संस्थाका सञ्चालक समिति सदस्य शंकरप्रसाद रिजालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सेवा केन्द्र सहयोग समितिका संयोजक केदारसम्शेर गिरीले सेवा केन्द्रको प्रगति विवरण प्रस्तुत गरेका थिए । संयोजक गिरीले प्रस्तुत गरेको प्रगति विवरण अनुसार सेवा केन्द्रमा एकहजार १ सय ६९ जना ब्यक्तिगत शेयर सदस्य र लघुबित्ततर्फ एकहजार ९ सय १० जना सदस्य र ७ जना कर्मचारी रहेका छन् । त्यस्तै सेवा केन्द्रले ३२ करोड १४ लाख ६१ हजार १ सय ७१ रुपैयाँ ऋण लगानी, २२ करोड बचत तथा २ करोड २२ लाख ३ हजार ४४ रुपैयाँ नाफा गर्न सफल भएको छ ।
सेवा केन्द्रले २ सय फलफूल र जडीबुटीको विरुवा वितरण, ४६ जनालाई खान पुगोस दिन पुगोस अन्र्तगत ४६ जनालाई १३ लाख ८० हजार रुपैयाँ वितरण, परिवार राहत कार्यक्रम अन्र्तगत ४ जनालाई ७ लाख, एकल पुरुष सहयोग ४ जनालाई, एकल महिला सहयोग ३६ जनालाई, ऋण मिनाह ३ लाख ६५ हजार ६ सय २४ रुपैयाँ, २२ जना सुत्केरीलाई ३३ हजार ५ सय, सर्पले टोकेका २ जनालाई ६ हजार, घर आगलागी एकजनालाई ५ हजार, हात्ति पीडित एकजनालाई ५ हजार, प्रेसर, सुगर, थाइराइड, कोलस्टोर लगायतको औषधि ३१ जनालाई कोभिड पीडित ११ जनालाई ७ हजारका दरले र ३९ जना कोरोना संक्रमित सदस्यलाई पोषण वितरण गरेको संयोजक गिरीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
सेवा केन्द्रमा निशुल्क मोबाइल कैकिङ, एसएमएस, आरकोड सेवा, ट्याब्लेटबाट असुलीलगायतका सेवा उपलब्ध रहेकोे छ ।
कार्यक्रम प्रमुख अतिथि राजवंशी, अर्जुनधारा नगरपालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारती, कनकाई नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रेमबहादुर भारतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । एकाई साधारणसभा प्रतिनिधित्मुलक रुपमा गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सञ्चालक समिति सदस्य चित्रकला ओलीले गरेकी गरेकी थिइन् । कार्यक्रम लक्ष्मीपुर सेवा केन्द्र र नारी चेतना सेवा केन्द्र घैलाडुब्बाले संयुक्त रुपमा गरेको नारी चेतनाकी प्रमुख निर्मला प्रसाईले बताइन् ।
कार्यक्रममा संविधानसभा सदस्य हरिबहादुर राजबंशी, कनकाई कार्यपालिका सदस्य सुनिता सिग्देल, कनकाई ९ की वडा सदस्य शान्ता चुडाल, संस्थाका सल्लाहकार लक्ष्मण पाठक, लेखा समिति संयोजक भरतकुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
भिडियो पनि