बिर्तामोड ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–२ ले कोभिड सहायता कार्यक्रम अन्र्तगत संस्थाका ९ सय ७८ जना सदस्यलाई कोरोना भत्ता वितरण गरेको छ ।
संस्थाले कोभिड उपचार, मेडिसिन सपोर्ट, कोभिड पोषण र परिवार राहत वापतको रकम वितरण गरेको हो ।
संस्थाले मंगलबार बिर्तामोडमा कोरोना पोजेटिभ भएर होम आईसोलेशन तथा अन्य आइसोलेशनमा बसेका सदस्यलाईे प्रत्येकलाई ५ सय रुपैयाँका दरले १४ दिनको कोरोना भत्ता वितरण गरेको हो ।
संस्थाले ९ सय ७८ जनालाई ६८ लाख ४६ हजार रुपैयाँ वितरण गरेको थियो । त्यस्तै यस बर्ष कोभिड र अन्य कारणबाट मृत्यु हुनेका १४ जना सदस्यका परिवारलाई जीवन यापनका लागि राहत वापत २७ लाख रुपैयाँ वितरण गरिएको छ ।
संस्थाले कोभिड–१९ पोजेटिभ भएका २ हजार ३ सय सदस्यलाई घरमै गएर २ हजार रुपैयाँ बराबरको पोषण सामाग्री वितरण गरेको थियो । संस्थाले ४६ लाख रुपैयाँ बराबरको पोषण सामाग्री वितरण गरेको थियो ।
संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिर्ता सिटी हस्पिटलका डा. सरद भट्टराईले कोरोनाबाट बच्ने उपायका बिषयमा जानकारी गराएका थिए भने राहत परिवारका तर्फबाट गोपाल संग्रौलाले आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
स्वागत संस्थाका जीवन बरदान कार्यक्रम संयोजक भक्तबहादुर खड्काले थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाका कार्यकारी प्रमुख गिरीले पारेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका तालिम अधिकृत मात्रिका सुवेदीले गरेका थिए । संस्थाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रम प्रतिनिधित्व मुलकका रुपमा गरेको थियो । कार्यक्रममा चारपाने, बिर्तामोड, लक्ष्मीपुर, सुरुङ्गा र शनिश्चरे सेवा केन्द्रका सदस्यहरुको उपस्थिति रहेको थियो ।
भिडियो पनि