• केशवराज भण्डारी 

 झापा । 

झापाको विर्तामोडको मिलनसार वचत तथा ऋण सहकारी संस्था विर्तामोड ५ को बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

 सभामा संस्थाका अध्यक्ष लक्ष्मी वाँस्कोटाको अध्यक्षता तथा विर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्लीराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिनोज वजगाईले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष  अजयकुमार देवले स्वागत गरेका थिए भने  अध्यक्ष वाँस्कोटाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।  अध्यक्षले सहकारीले कमाएको नाफावाट शेयर सदस्यलाई १५ प्रतिशत लाभांसा रकम वितरण गर्ने बताए । 

कार्यक्रममा  असली ऋणी उमेश वराई शर्मा र उत्कृष्ठ वचत कर्ता गंगा देवि ढुंगेललाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा सहकारीका लेखापाल जीवन भण्डारीलाई नगद र प्रमाणपत्रसहित कामको उत्कृष्ठतालाई आधार मान्दै संम्मान गरिएको थियो । 

 २०६६ चैत १५ गते ४१ जना शेयर सदस्य र  चार लाख दश हजार रकम शेयर रकमबाट शुरु भएको संसथा हो ।  संस्थाले गत आवको शेयर पुँजी २ करोड ३३ लाख ५५ हजार ५ सय पु¥याउन सफल भएको छ । जगेडा कोषमा  ४४ लाख ५९ हजार २ सय ४५ रुपौया पुगेको छ । आव ०७६÷०७७ मा  ११ करोड ११ लाख ५७ हजार ९ सय ३५ रुपैयाँ  निक्षेप संकलन गरी  ११ करोड ७ लाख २९ हजार ४ सय ४२ रुपैयाँ निक्षेप फिर्ता गरि गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

 २ करोड ९० लाख ९२ हजार ९ सय ४८ रुपैयाँ निक्षेप मौज्दात रहेको थियो भने गत आवमा १४ करोड २० लाख ३६ हजार २ सय ६ रुपैयाँ  निक्षेप संकलन गरी १२ करोड ७१ लाख ३६ हजार ७ सय ७२ रुपैयाँ निक्षेप फिर्ता गरि ४ करोड ३९ लाख ९२ हजार ३ सय ८२ रुपैयाँ निक्षेप मौज्दात रहेको जनाइएको छ ।