ओखलढुंगा ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मातहतमा रहेका प्रहरी चौकी कोषाहाटको कार्यालय भवनको उद्घाटन भएको छ । सोमवार एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले भवनको उद्घाटन गरेका हुन् ।
साढे २ तले तथा ८ कोठा भएको प्रहरी चौकी भवनको १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५ सय ४५ रुपैयाँको लागतमा निर्माण भएको हो । कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बिसीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए ।