- उद्धव पुरी
बिर्तामोड ।
झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा बित्तिय तथा गैर बित्तय १६ वटा शीर्षकमा ७२ वटा कार्यक्रमको प्रस्ताव अघि सारेको छ ।
संस्थाको २५ औं साधारणसभा पूर्व सोमवार संस्थाको प्रधान कार्यालय चारपानेमा आयोजित प्रतिवेदन सार्वजनिक तथा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।
संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले अल्पसंख्यक र अति विपन्न परिवारका सदस्यका छोराछोरी १० जनालाई डाक्टर अध्ययनका लार्गि सहयोग गर्ने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । उनका अनुसार यस बर्ष २ जनाबाट शुरुवात गरिने छ । डाक्टर अध्ययनका लागि प्रत्यकलाई २५ लाख प्रदान गरिने र अरु थप्नु पर्ने भए सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने गिरीले बताए ।
संस्थाले ‘म पनि उद्यमी’ कार्यक्रम अन्र्तगत ४ बर्ष भित्रमा १० हजार उद्यमी सदस्य तयार गर्ने उक्त कार्यक्रमका लागि अध्ययन, तालिम÷सीप, ऋण, बजार र प्राबिधिक ज्ञानका लागि सहयोग गरिने गिरीले बताए ।
संस्थाले यसै बर्षदेखि सहुलियत ब्याजदरको वैदेशिक ऋण ल्याउने प्रयत्न गर्ने साथै रोजगारी सिर्जना र गरिबी न्युनिकरणको लागि प्रदान गरिने संस्थाको योजना रहेको छ । संस्थाको यस बर्षदेखि नयाँ नारा ‘मेरो गौरब, मेरो सहारा सधैंको लागि सबैको लागि’भन्ने नाराको भाव अनुसार कार्य गर्ने जनाइएको छ ।
त्यस्तै संस्थाको सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने, यसै बर्षदेखि संस्थाका दुईसय अति विपन्न परिवारका सदस्यकालाई रासन कार्डको माध्यमबाट ५० प्रतिशत छुटमा चामल, दाल, तेल, नुन र चिनी जस्ता खाद्यन्न उपलब्ध गराइने भएको छ । संस्थाले कोभिड पोजेटिभ भएका सदस्यलाई आइसोलेशनमा बस्दाको ७ हजार र अस्पताल भर्ना भई उपचार गराउनेका हकमा ३ लाख रुपैयाँसम्म उपचार सहयोग गर्ने र सहयोग कार्यक्रमलाई निरन्तरता दिने गिरीले बताए ।
संस्थाले सदस्यको स्वास्थ्य सेवालाई अझ सहज बनाउन सहारा हेल्थ सेन्टर स्थापना गर्ने, आधारभूत डाइग्नोसिस सेवा शुरु गर्ने र एउटा भवन निर्माणको कार्य थालनी गर्ने भएको छ । संस्थाका सदस्यले संस्थाबाट ऋण लिएर पालन गरिएका गाई, भैसीबाट बाछा–बाछी र पाढा–पाढी जन्मेको अवस्थामा सुत्केरी भत्ता वापत एकहजार रुपैयाँ प्रदान गरिने भएको छ ।
संस्थाको तेस्रो योजनाका रुपमा रहेको कृषि तथा पशु व्यवसाय प्रर्वधनका लागि सदस्यको उत्पादन र बजारीकरण गर्न भुमिका खेल्ने जनाइएको छ ।
२०७८ असार मसान्तसम्म संस्थामा १ लाख ५० हजार ३ सय ५४ जना शेयर सदस्य रहेका छन् भने प्रदेश १ का ११ जिल्लाका ८० स्थानीय तहमा कार्यक्षेत्र बनाएर कार्य गर्दे आएको जनाइएको छ । संस्थाको शेयर पुँजी १ अर्व ४६ करोड ६५ लाख,जगेडा कोष ९४ करोड १ लाख तथा अन्य कोष ३७ करोड ५७ लाख, बचत ८ अर्ब २३ करोड ९४ लाख, लगानीमा रहेको ऋण १० अर्ब १ करोड ४२ लाख, भौतिक सम्पती ४० करोड ८८ लाख र बाह्य ऋण १ अर्ब ३२ करोड रहेको जनाइएको छ । ०७८ असार मसान्तसम्मको संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ लाख पुगेको छ भने कोरोना महामारीको अवस्था समेत ४५ करोड १२ लाख खुद नाफा गर्न सफल भएको छ ।
संस्थाले एकीकरण प्रक्रियालाई निरन्तरता दिदै यसआवका ८५ सेवा केन्द्र र २ लाख सदस्य नीति लिएको तथा १० बर्ष भित्रमा २ सय सेवा केन्द्र र ५ लाख सदस्य बनाउने लक्ष्य राखेको गिरीले बताए । त्यस्तै संस्थाको छैटो अधिवेशनबाट सञ्चालन समिति तथा लेखा सुपरिवेक्षक समिति सर्वसम्मत प्रक्रियाबाट चयन गर्न पहल गरिने बताइएको छ । संस्थाको २५ औं बार्षिक साधारणसभा कार्तिक २७ गते हुने भएको छ ।
संस्थाका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले गरेका थिए ।
भिडियो पनि