- सुदिप गिरी
हल्दिबारी ।
नेपाल शिक्षक महासंघ हल्दिबारीका अध्यक्ष मदन पोखरेलले पटक पटक शिक्षा ऐन, नियमावली र उच्च अदालतको फैसला विपरित काम गरेको तथा गराएको र शिक्षा क्षेत्रमा उनले गरेको आक्रमणप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
शिक्षक सरूवामा शिक्षकको सहमति अनिवार्य रूपमा चाहिने भएता पनि राजनैतिक आस्थाका अवधारमा बिभेद गरी,दुःख दिने नियत राखि शिक्षकको सरूवा गर्ने गरेको संघले उनलाई आरोप लगाउँदै बिज्ञप्ती जारी गरेको छ ।
विज्ञप्तीमा भनिएको छ ‘उनी विधमान ऐन, नियम विपरित काज सरूवा भएर सरस्वती आधारभूत बिधालय हल्दिबारी २ मा प्रधानाध्यापकको जिम्मेवारी लिएको त्यसैगरी श्री लक्ष्मी माध्यमिक बिधालय हल्दिबारी –३ को माध्यमिक बिधालयको दरबन्दी कटौती गर्नका लागि बिधालय ब्यवस्थापन समितिसँग मिलेमतो गरी आफु प्रअ बन्ने मनसायले स्थान तयारी गरेको, सरस्वती आविबाट काज फिर्ता हुँदा बुझ बुझारत पनि नगरी रमाना समेत नल्याई राजनैतिक पहुँचको आधारमा लक्ष्मी माबिमा हाजिर भएको लगायत बिषय छ ।’
उच्च अदालतको फैसला कार्यान्वयन नगर्ने कुचेष्टा राखी एक इमानदार र कर्तव्यनिष्ट शिक्षक माथि कपोकल्पित लिखित आरोप पत्र तयार गरी मानहानी हुने गरी गतिविधि गरेको, शिक्षक महासंघले दिएको उजुरी समेत बैठकमा राखि निकास दिनुको सट्टा उजुरी नै गायव पारेको र लक्ष्मी माबि हल्दिबारी ३ मा माध्यमिक तह तृतीय श्रेणीका शिक्षक हुँदाहुँदै उनले आफू निमाबि तह तृतीय श्रेणीलाई शिक्षक नियमावली २०५९ को नियम ९३ (१२) अनुसार आफू बरिष्ठ शिक्षक भन्दै निमित प्रअको निर्णय गराई जिम्मेवारी लिने र अरूलाई राजनैनिक पहुँचको आडमा पेलेर चल्ने रणनीति अध्यक्ष पोखरेलको रहेको विज्ञप्तीमा उल्लेख छ ।
साथै उनले आफ्नो घटक र आफ्नै ब्यक्तिगत स्वार्थ हेर्ने, महासंघमा पद्धति संस्कार निर्माणमा पहल कदमी नगर्ने ऐन, नियम, कानून र उच्च अदालतको फैसलालाई गलत ब्याख्या र अबरोध गर्ने परिपाटीको बिकास गरेको बताएको छ।
संघको नेपाल शिक्षक संघ हल्दिबारी गाउँ समितिको पूर्ण बैठकले मदन पोखरेललाई हल्दिबारी शिक्षक महासंघको अध्यक्ष अस्वीकार गर्ने र निज संलग्न भई गरेको कार्यक्रमहरू बहिस्कार गर्ने सर्वसम्मत निर्णय समेत भएको जनाएको छ। प्रेस विज्ञप्तिमा नेपाल शिक्षक संघ हल्दिबारी गाउँसमिति अध्यक्ष कृष्णप्रसाद वन र शिक्षक महासंघ हल्दिबारी गाउँ समिति सचिव बोधकृष्ण पौडेलेले संयुक्त हस्ताक्षर गरी जारी गरेका हुन् ।