सुरुङ्गा । 

कनकाई नगरपालिका –४ को लालीगुराँस बाल क्लबको बालमैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। जनप्रतिनिधि, टोल बिकास समितिका अध्यक्ष, शिक्षक, बालबालिकाको सहभागीता भएको कार्यक्रममा बालमैत्री स्थानीय तह निर्माण र बाल सहभागिताका बिषयमा अन्र्तक्रिया भएको क्लबका अध्यक्ष  अभिषेक मिश्रले जानकारी दिए।

 बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक तथा संचार कर्मी सरोज पौडेलले सहजीकरण गरेको कार्यक्रममा  बाल सञ्जाल अध्यक्ष खेमराज चापागाईं संजालका आगामी कार्ययोजना र रणनीतिका बारेमा प्रस्ट पारेका थिए । 

 कार्यक्रममा कार्यवाहक  वडाध्यक्ष देविमाया दाहाल, टोल विकास अध्यक्ष डिल्लीराम भुर्तेल  ,दुर्गा प्रप्रसाद चापागाईं  बुद्धिप्रसाद सुवेदी, मनोरथ थापा लगायतले बालमैत्री नगर निर्माणका बालबालिकाका लागि बिभेदरहित सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।अभिषेक बुढाथोकीले स्वागत रहेको कार्यक्रमको सञ्चालन मौनता बजगार्इले गरेकी थिइन् ।