काठमाडौँ ।  

नेपाल विद्यार्थी संघले  पेट्रोलियम पदार्थमा भएका मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।  संघले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

नेविसंघले हालै बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता हुनुपर्ने माग राख्दै मुल्य बृद्धि तत्काल खारेज नभए कडा प्रतिवाद गर्न बाध्य हुने विज्ञप्तिमा जनाएको छ । 

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘‘ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य बस्तुको समेत मूल्य वृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयप्रति खेद र भत्र्सना गर्दछौँ । सरकारले हस्तक्षेप गरी तत्काल आयाल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गदैछौँ ।’