झापा ।
झापा अर्जुनधारा नगरपालिका -११ सालबारी स्थित चारआली –शनिश्चरे सडक खण्डको कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय कुसल दास रहेका छन् ।
पश्चिम तर्फ जादै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भटमा ठोकीएर खोलामा झरी दुर्घटना भएको थियो । अस्थाई प्रहरी पोष्ट सालबारीको प्रहरी टोलीले पानीमा डुवेका बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो ।
अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनार्एको छ ।