• सुदिप गिरी 

हल्दिबारी । 

हल्दिबारी गाउँपालिका वडा–४ मा कार्यालय रहेको प्रभात बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा तथा पाँचौं अधिबेशन सम्पन्न भएको छ।

सभाका प्रमुख अतिथि तथा हल्दिबारी गाउँपालिका उपाअध्यक्ष डम्बरबहादुर गिरीले उद्घाटन गरेको कार्यक्रममा वडा सदस्यहरू गिता भण्डारी, महेशलाल मेचे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उत्कृष्ट ,बचतकर्ता, असल ऋणि, जेष्ठ नागरिक, बाल बचतकर्ता, सामाजिक कार्यमा, एसईई लगायतमा उत्कृष्ट  सदस्यहरूलाई सम्मान समेत गरिएको थियो। रामचन्द्र उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सूर्यबहादुर राईले गरेका थिए। 

prabhat2

संस्थाले  खुद नाफा २३ लाख ४८ हजार ८सय ४३ रूपैयाँ गरेको छ।आगामी कार्यकालका लागि नयाँ एघार सदस्य रहने सञ्चालन समितिमा सर्वसम्मत अध्यक्षमा देबी प्रसाद ओली, उपाध्यक्षमा रामचन्द्र उप्रेती चयन भएका भन् । सचिव, सह–सचिव र कोषाध्यक्ष  समितिलाई नै चयन गर्ने जिम्मेवारी दिइएको छ।

सदस्यहरूमा धर्मराज काफ्ले, भिमनारायण ढकाल, श्रीप्रसाद बाह्कोटी, प्रतिमा भुजेल, पार्वता ओली, रूबिना खरेल, सैलेन्द्र सिटौला, कुमार तोलाङ्गी र सूर्य बहादुर राई चयन भएका छन् । त्यसैगरी लेखा समितिमा संयोजक बालकृष्ण बिडारी,सदस्यमा जीवन बिमली, सारदा बिक चयन भएका छन् ।