• राजु बराल 

 चन्द्रगढी 

ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी सस्थाको बार्हौ बार्षिक  साधरणसभा नयाँ नेतृत्व चयन गर्दै शनिबार चन्द्रगढीमा सम्पन्न भएको छ ।

नवगठित समितिको अध्यक्ष गोपी कृष्ण नेउपाने, उपाध्यक्ष धनकुमारी खरेल, सचिव डिल्लीराम अधिकारी, सह–सचिव सीता बिमली र  कोषाध्यक्ष भगिरथ नेपाल रहेका छन् । त्यसैगरी सदस्यमा लक्ष्मीप्रसाद गौतम, देबेन्द्र थापा, रमेशचन्द्र पौडेल, बडाराम हेमरम, सत्यरुपा पुरी र सोहनलाल गणेश चयन भएका छन् ।

सोही साधरण सभाले खडग नारायण श्रेष्ठको संयोजकत्वमा बिमला बुढाथोकी र द्वारिका सुवेदी सदस्य रहेको लेखा समिती समेत गठन गरेको छ  ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधरणसभाको उदघाटन सत्रमा उत्कृष्ट बचत कर्ता शारदा निरौला, उत्कृष्ट कर्जा कारोवार गर्ने लिलादेवि कन्दङ्वाका साथै सेवा निवृत १५ जना सामुदायिक बिद्यालयका शिक्षकहरुलार्इ सम्मान गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट सदस्य सन्तती पुरस्कार अन्तर्गत कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट सृष्टि सुवेदी र अनमोल गुरागार्इलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उप प्रमुख चन्द्रमाया श्रेष्ठ र रास्ट्रसेवक बचत तथा ऋण सहकारी अध्यक्ष बशिष्ठ अधिकारीले शुभकामना मन्तब्य राखेका थिए । 

सस्थाका अध्यक्ष गोकुलराज नेउपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गोपि कृष्ण नेउपाने र सञ्चालन सचिव रुद्रप्रसाद गुरागाइले गरेका थिए ।