झापा । 

झापाको बुद्धशान्ती गाउपालिका– ३ स्थित बुधबारेचौक  प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन् जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका –२ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाउपालिका– २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका –११ बस्ने २५ बर्षीय उमेश बि.क. र ईलाम कोल्बुङ गाउपालिका –२ कुटिडाँडाका २३ बर्षीय सुलभ गुरुङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना  ईलाका प्रहरी कार्यालय धुलाबारीले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।