मोरङ ।
मोरङ रतुवामाई नगरपालिका –३ छालगाछीमा प्रहरीले ९४ तोला चाँदीसहित एक जना पक्राउलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।
प्रहरी चौकी महादेवाको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदीसहित पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।