सुनसरी ।
सुनसरी धरान उपमहानगरपालिका –१३ सूर्यमार्गबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाउपालिका घर भई हाल सोही स्थानमा कोठा भाडामा बस्ने २७ बर्षीय किरण भन्ने हेमन्त राई रहेका छन् ।
अस्थाई प्रहरी पोष्ट अमरहाटको प्रहरी टोलीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।