सुनसरी । 

सुनसरी रामधुनी नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० बर्षीया नेहरी सदा रहेकी छन् । 

प्रदेश नं १–०२–००३ त ०६३० नम्बरको ट्याकटरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा पछाडिको डालाले लागेर गम्भिर घाईते भएकी सदाको ईटहरी एपेक्स अस्पतालमा उपचार गराई थप उपचारको लागी धरान घोपा पुर्याउन साथ बेलुका साढे ७ बजे मृत्यु भएको थियो ।

ट्याक्टर र चालक सोही स्थानका ३२ बर्षीय आशिष बि.क. ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।